Section 70
नेपालमा जल यात्रा, हवाई यातायात वा दूर सञ्चार सेवा उपलब्ध गराउने गैरबासिन्दालाई लाग्ने कर
(१) जल यात्रा सञ्चालन, चार्टर सेवा सञ्चालन वा हवाई यातायात सञ्चालन गर्ने गैरबासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा सो वर्षमा अन्तर चलान (ट्रान्ससिपमेन्ट) बाट प्राप्त रकम बाहेक देहायका कार्यहरुबाट प्राप्त रकमहरु समावेश गर्नु पर्नेछ:-

(क) नेपालबाट प्रस्थान हुने यात्रुहरुको ओसार पसार, वा

(ख) नेपालबाट चलान गरिएको डाँक, णशुपंक्षी वा मालसामानको ओसार पसार ।

(२) तार, रेडियो, अप्टिकल फाइबर वा भूउपग्रह सञ्चारको व्यवसाय सञ्चालन गर्ने गैरबासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा नेपालमा स्थापित संयन्त्रबाट गरिएको नेपालमा उत्पत्ति भएको वा नभएको खबर वा सूचनाको सम्प्रेषणबाट प्राप्त रकमहरु समावेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम कुनै गैरबासिन्दा व्यक्तिको करयोग्य आयमा समावेश गरिने रकमहरुमा अनुसूची-१ को दफा २ को उपदफा (७) मा तोकिएको दरले कर लाग्नेछ ।

तर,

(क) सो व्यक्तिको कुनै बाँकी करयोग्य आयका सम्बन्धमा दाखिला गर्नुपर्ने कर गणना गर्दा ती रकमहरुलाई गणना गर्नुपर्ने छैन,

(ख) ती रकमहरुको गणनासँग सम्बन्धित खर्चहरु सो बाँकी कर योग्य आय गणना गर्दा कट्टी गर्न पाइने छैन,र

(ग) ती रकमहरुका सम्बन्धमा यस दफा बमोजिम सो व्यक्तिबाट दाखिला गर्नुपर्ने कर रकमबाट सो व्यक्तिले कुनै पनि कर मिलान गर्ने सुविधा पाउने छैन ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “गैरबासिन्दा व्यक्ति” भन्नाले नेपाल बाहिर मुख्य कार्यालय रहेको सम्बद्ध निकायहरुको समूहभित्र रहेको बासिन्दा निकाय सम्झनु पर्छ ।